सूर्यविनायक-६ का पाँंच दर्जन बढी वडाबासी रास्वपा प्रवेश

भक्तपुर - भक्तपुरको सूर्यविनायक नगरपालिका-६ वडाका पाँंच दर्जन भन्दा बढी वडाबासी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगरपालिका ६ वडाले शनिबार गरेको वडास्तरीय भेटघाट तथा परिचयात्मक कार्यक्रममा वडाबासीहरु पार्टी प्रवेश गरेका हुन् । उनीहरूलाई पार्टीका संसदीय दलका सचेतक संघीय सांसद सन्तोष परियारले टक्मा लगाई दिनुका साथै एउटाएउटा कलम उपहार दिई…