काठमाण्डु – नेकपा माओवादी केन्द्रका सांसद पूर्ण बहादुर घर्तीले संविधान संशोधनका नाममा मूल मर्मलाई असर गर्ने काम गर्न नहुने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा घर्तीले नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बनाएर संविधान संशोधन गर्ने सहमति भएकोप्रति लक्षित गर्दै राजनीतिक परिर्वतनसँगै चिन्तनमा रहेको सामन्ती संस्कारलाई संशोधन गरे मात्रै देशले समृद्धिको खाका कोर्न…