काठमाण्डु – नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई भ्रम नफैलाउन आग्रह गरेका छन् । नेकपा एमाले भदौ २३ र २४ गतेका घटनाबारे निष्पक्ष र न्यायिक छानबिनको पक्षमा रहेको स्पष्ट पार्दै भट्टराईले प्रधानमन्त्री बन्न चाहना राखेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई भ्रम नफैलाउन आग्रह गरेका हुन् । आफूहरू संवैधानिक बाटोमै अडिग रहेको र कुनै पनि विकल्प…