सोलार प्यानलमा समस्या आएपछि तनहुँमा खानेपानी अभाव

काठमाण्डु - तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ।अहिले स्थानीयवासीले पँधेराको पानी प्रयोग गर्न बाध्य भएका छन्। दगाम स्थानथोक भुजिकोट खानेपानी आयोजनाको सोलारमा समस्या देखिएपछि दगाममा खानेपानीको अभाव भएको स्थानीय नन्दु थापामगरले बताए।‘दुई हप्तादेखि सोलारमा समस्या आएको छ, एकपटक मर्मत गर्‍यो पुनः बिग्रिन्छ’, उनले भने ,…