सर्लाहीको कौडेना मतदानस्थल सेनाको नियन्त्रणमा

काठमाण्डु – सर्लाहीको एक मतदानस्थल नेपाली सेनाले नियन्त्रणमा लिएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत कौडेना गाउँपालिका–६, स्थित श्री जनता आधारभूत मतदान स्थलमा कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच पटक–पटक झडप भएपछि उक्त मतदानस्थल नेपाली सेनाले नियन्त्रणमा लिएको हो । मतदान स्थलमा तत्काल आइपुगेको सेनाको टोलीले फायर नगरे पनि हतियार तेर्साएपछि स्थिति तत्काल शान्तिपूर्ण बनेको छ ।…