काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका ३ पदाधिकारीविरुद्ध ९ लाखभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । अख्तियारले भुम्लु गाउँपालिका–४ स्थित सामुदायिक वनका अध्यक्ष चन्द्रसिंह लामा, संगीता चौलागाईं र माधवप्रसाद चौलागाईंविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । समूहका तीनै पदाधिकारीले आपसी मिलोमतो गरी संयुक्त दस्तखतबाट…