काठमाण्डु – अमेरिकी कंग्रेस (संसद्) को उच्चस्तरीय प्रतिनिधिमण्डलले निर्वासित तिब्बती आध्यात्मिक नेता दलाई लामालाई भेटेको छ। चीनको चर्को आलोचनाबीच टोलीले लामालाई भेटेपछि चीन असन्तुष्ट बनेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । अमेरिकाको विदेश मामिलासम्बन्धी संसदीय समितिका रिपब्लिकन अध्यक्ष माइकल म्याकल र अमेरिकी कंग्रेसकी पूर्वसभामुख नान्सी पेलोसीसहितको प्रतिनिधिमण्डलले भारतमा निर्वासित लामासँग भेटेपछि अहिले तरंग फैलिएको छ…