काठमाण्डु- जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले नेकपा एमाले भ्रष्टाचारको छानबिन होला कि भनेर डराएको आरोप लगाएका छन् । नेकपा एमालेले पशुपतिनाथको जलहरीबारे प्रश्न उठेपछि संसद् अवरुद्ध गरेको विषयप्रति लक्षित गर्दै श्रेष्ठले नेकपा एमालेको भ्रष्टाचारप्रतिको दृष्टिकोण उदाङ्गिएको बताएका हुन् । काठमाडौँ जिल्ला समन्वय समितिले शनिबार आयोजना गरेको चियापान तथा पार्टी प्रवेश…