काठमाण्डु- गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा निर्दोष नफस्ने बताएका छन् । आइतबार प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश तथा गोरखा जिल्ला समन्वय समितिको वार्षिक साधारण सभालाई गोरखामा सम्बोधन गर्दै उनले निर्दोष नफस्ने र दोषी नछुट्ने बताएका हुन् । तथ्य र प्रमाणका आधारमा अनुसन्धान अगाडि बढाएर कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढेको गृहमन्त्री श्रेष्ठको भनाइ छ…