काठमाण्डु- प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा प्रतिवेदन बुझाएको छ । सोमबार जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले ३२ जनालाई प्रतिवादी बनाएर आरोपपत्रसहितको प्रतिवेदन बुझाएको हो । जसअनुसार नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेकाहरुमाथि साढे २० वर्षको कैद सजाय हुनेगरी माग दाबीसहित अदालतमा मुद्दा दायर हुनुपर्ने राय प्रहरीको छ…