काठमाण्डु- काठमाण्डु प्रहरी परिसरले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ गरेका १६ जनामाथि अनुसन्धानका लागि थप तीन दिनको अनुमित पाएको छ । काठमाण्डु जिल्ला अदालतले थप तीन दिनको अनुमति दिएको सरकारी वकिलको कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए । यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाणलगायत १६ जना पक्राउ परिसकेका छन्…