नेपाल प्रहरीको भर्ती जिल्लाबाटै गराउन सांसद बडूको माग

काठमाण्डु - नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था गर्न माग गरेका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले प्रहरीको भर्तीका लागि अन्तर्वार्ता काठमाडौंमा गर्नेगरी बोलाइएको भन्दै आपत्ति जनाएका हुन् । उनले अहिले केही दिनपछि हुने प्रहरी जवानको अन्तरवार्ताका लागि काठमाडौं बोलाइनुको औचित्य सरकारले पुष्टि गर्नुपर्ने…