फोहोर व्यवस्थापनमा कुनै समस्या छैन’

काठमाण्डु -  काठमाण्डु महानगरपालिकाले उपत्यकाको फोहोर व्यवस्थापनको काम नियमित रुपमा भइरहेको स्पष्ट पारेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले फोहर व्यवस्थापनमा कुनै समस्या नभएको र नियमितरुपमा व्यवस्थापन भइरहेको स्पष्ट पारेका हुन् । उनले भने, “फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनको कार्य रोकिएको वा अवरोध भएको छैन । जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन्…