बेलायत भ्रमण पूरा गरी प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा आज शनिबार स्वदेश फर्किएका छन् । बेलायतको औपचारिक भ्रमण पूरा गरी उनी आज शनिबार स्वदेश फर्किएका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरेका छन् । प्रधानसेनापति शर्मा बेलायतका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्ड्रसको औपचारिक निमन्त्रणामा असोज…