किमाथाङ्का - सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट-२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका-५ आमाराङस्थित अडिट-२ को सुरुङभित्र माथिबाट ढुङ्गा खसेर सिलिचोङ गाउँपालिका-५ का २७ वर्षीया प्रेम राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गए राति मकालु-५ आमाराङमा…