साँढे जुधाइमा पर्दा ६० वर्षीया महिलाको मृत्यु

विराटनगर – मोरङको जहदा गाउँपालिकामा साँढे जुधाइमा पर्दा ६० वर्षीया महिलाको मृत्यु भएको छ । बिहीबार जहदा गाउँपालिका–३ जयरामपुरमा २ वटा साँढे जुध्दा घटना भएको प्रहरीले जनाएको छ । सडकमा २ साँढे जुध्दै गर्दा १ साँढे भागेर घरमा पसेपछि ६० वर्षीया घुर्नी खातुनलाई च्यापेको थियो । सडक नजिक रहेको घरको आँगनमा बसिरहेको अवस्थामा साँढेले च्यापेपछि…