आजको मौसम: यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ। । आज देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा कोसी र मधेस प्रदेशमा विहानैबाट वर्षा भइरहेको छ । कोसी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम बिहान सामान्यतया सफा रहेको…