बुटवल – बुटवलमा समाचार संकलन गर्न गएका पत्रकारहरुमाथि प्रहरीले शुक्रबार दुर्व्यवहार गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगर निवासी अमृता खत्री टण्डनको रहस्यमय मृत्यु भएपछि महिलाहरूले बिहीबारदेखि इलाका प्रहरी कार्यालय बुटवल घेराउ गर्दै आएका छन् । प्रहरी कार्यालय घेराउका बेला समाचार संकलन गर्न गएका तीनजना सञ्चारकर्मीमाथि प्रहरीले दुर्व्यवहार गर्दै हातपात गरेका थिए । इलाका प्रहरी…