नेपालबाट मनसुन बाहिरिँदै

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले नेपालबाट मनसुन बाहिरिन थालेको जनाएको छ । आज शुक्रवार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरिने क्रममा रहेको जनाइएको छ । मनसुन बाहिरिन थालेकोबारे औपचारिक निर्णय भने भोलि शनिबार हुने महाशाखाले जनाएको छ । यस वर्ष नेपालमा जेठ ३१ गते पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको थियो । सरदर मितिभन्दा १…