तनहुँको घिरिङ सबस्टेसनको निर्माण सम्पन्न

काठमाण्डु - तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ मा ३३\११ केभीको घिरिङ सबस्टेसनको निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लि.ले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत घिरिङ सबस्टेसन निर्माण गरिएको छ । सामाजिक विकास कार्यक्रम अन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत…