वर्षान्त २०२२ : युक्रेन युद्धले निम्त्याएको न्यून आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीतिको वर्ष

काठमाण्डु  -आर्थिक दृष्टिकोणले सन् २०२२ पछिल्ला केही दशकयताकै सबैभन्दा सकसपूर्ण वर्ष रह्यो । पूर्ण नियन्त्रणमा आउन नसकेको कोभिड-१९, रुस–युक्रेन युद्धले खल्बलिएको आपूर्ति शृङ्खला, खाद्य तथा ऊर्जा सङ्कट, पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि, विभिन्न देशले गरेका निर्यात कटौतीले विश्व अर्थतन्त्रलाई सङ्कुचनतर्फ धकेल्यो । आर्थिक सूचकहरु धर्मराए । एकपछि अर्को गर्दै विकसित प्रतिकूल घटनाक्रमले अर्थतन्त्रको समग्र परिदृश्य नै…