शुक्रबार यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ। आज सातवटै प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । बिहान कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ…