स्वास्थ्य क्षेत्र सुधारका लागि खाका बनाएको छु : डा. तोसिमा कार्की

काठमाण्डु - दैनिक बिरामीको उपचारमा खटिने डा तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ। आजभन्दा दुई महिनाअघि शल्य चिकित्सकका रूपमा रहेकी डा. कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाएकी छन्। गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन्। आफ्ना निकटतम् प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तर पारेर…