काठमाण्डु - जापानका परराष्ट्र राज्यमन्त्री ताकेई सुनसुकेले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग शिष्टाचार भेट गरेका छन्। भेटमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको निर्वाचन आयोगले जनाएको छ। राज्यमन्त्री ताकेईले आइतबार सम्पन्न निर्वाचन प्रक्रियाको प्रशंसा गरेका थिए भने थपलियाले निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरे। उनी आमनिर्वाचनको अवलोकनका लागि नेपाल आएका थिए। सो…