काठमाण्डु - बझाङमा दुई वर्षीया बालिकालाई बलात्कार गर्ने ६८ वर्षीय पुरुष पक्राउ परेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर–७ गडरायमा दुई वर्षीय बालिकालाई ६८ वर्षका पुरुषले बलात्कार गरेको आरोप लागेको थियो । ती पुरुषविरुद्ध बलात्कार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएपछि पिडक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी जागेश्वर…