गृह मन्त्रालयले भन्यो-जेन जी प्रदर्शनमा स्वार्थ समूहबाट घुसपैठ भयो (विज्ञप्तिसहित)

काठमाण्डु – गृह मन्त्रालयले जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शनका क्रममा देशभर भएको घटना र त्यसबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर प्रदर्शनका क्रममा काठमाण्डुलगायत देशका विभिन्न भागमा भएको घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै…