काठमाण्डु – गृहमन्त्री रमेश लेखकले राजीनामा दिने मनस्थिति बनाएका छन् । सोमबार सभापति शेरबहादुर देउवा निवासमा भएको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा उनले राजीनामा दिने जानकारी दिए । जेनजी पुस्ताको आन्दोलनमा अत्यधिक बल प्रयोग गरिएको भनेर आलोचना भइरहेका बेला उनले नैतिकताको आधारमा राजीनामा दिने जानकारी दिए ।