मनाङमा ७० दशमलव ६७ प्रतिशत मत खस्यो

काठमाण्डु - प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३ः १५ बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो ३ः १५ बजेसम्म यहाँ चार हजार सात सय ९१ मत खसेको हो । “दिउँसो सवा तीन बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ”, उनले भने ।…