काठमाण्डु - पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका विनोद चौधरीले अग्रता कायमै राखेका छन् । उनले ३ हजार ३५८ मतसहित अग्रता कायमै राखेका हुन् । चौधरीलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरी ३ हजार ५१ मत ल्याएका छन् । त्यस्तै, हृदयेश त्रिपाठी २ हजार ५६८ मतसहित तेस्रो स्थानमा रहेका छन् ।