काठमाण्डु– हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । तेहरान टाइम्सले उनीहरूको मृत्यु भएको जनाएको छ । बाक्लो कुहिरोका कारण दुर्घटना भएको सो समाचार संस्थाले जनाएको छ । दुर्घटनास्थल तेहरानबाट ६०० किलोमिटर टाढा छ। पहाडी क्षेत्रमा खोजी अभियान सञ्चालन गर्न ४० विभिन्न टोली खटाइएको छ। इरानी रेडक्रस सोसाइटीले…