काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । बैठक सुरू हुनासाथ कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएसँगै अध्यक्ष नारायण दाहालले मंगलबार सवा १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आजै प्रतिनिधिसभा बैठक कांग्रेससहितका दलको अवरोधबीच सञ्चालन भएको थियो । बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएका थिए ।…