काठमाण्डु- सुदूरपश्चिममा भूकम्पको धक्का महसुस भएको छ । आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन । पछिल्लोपटक नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प जाने क्रम बढ्दो छ। यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५।९…