राष्ट्रपति पौडेलद्वारा सीता दाहालको निधनमा दु:ख व्यक्त

काठमाण्डु - राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् ।बुधबार राष्ट्रपति पौडेलले बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेका छन् । ‘प्रोग्रेसिभ सुपरान्युक्लियर…