आज दशैँको सातौँ दिन, दशैँघर तथा शक्तिपीठमा फूलपाती भित्राएर मनाईँदै

  काठमाण्डु - बडा दसैँको सातौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्ने र त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन्…