काठमाण्डु- उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा खड्काले सम्हाल्ने गरी जिम्मेवारी तोकेका हुन् । प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीको रोममा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागी…