काठमाण्डु- गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने ११ हजार ४९१ व्यापारीलाई कारबाही गरेको छ। कार्यालयले आर्थिक वर्ष २०७९/८० मा अनियमित रूपमा नाप्ने-तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरूलाई कारबाही गरेको हो । कार्यालयले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटिबढी…