काठमाण्डु - ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल सेन्टर सिल गरेको छ। सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियान अन्तर्गत महानगरको आफ्नै जग्गामा रहेको पेट्रोल पम्प मापदण्डविपरित रहेकोले सिल गरिएको महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । महानगरले लामो समयदेखि सञ्चालनमा रहेको सो पेट्रोल पम्पलाई त्यहाँबाट हटाउन विगत ६ महिनादेखि निर्देशन दिँदै आएको थियो ।…