सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

बाग्लुङ - बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्याए । सुन्तला टिपेर पोखरा पुर्याएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात पर्यो । सुन्तला टिप्ने ज्याला र यातायत खर्च घटाउँदा उनले चार लाख बचत गरे । सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैँचा अनन्त…