भारतमा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदा नेपालको पालिकामा सार्वजनिक बिदा !

काठमाण्डु – भारतको अयोध्यास्थित राम मन्दिरमा प्राण प्रतिष्ठा हुने अवसरमा नेपालको कपिलवस्तुस्थित शुद्धोधन गाउँपालिकाले बिदा दिएको छ । भारतमा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर पालिकाले स्थानीय बिदा दिएको छ । रामको विवाह नेपाली छोरी सितासँग भएकाले बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले जानकारी दिए । गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था…