काठमाण्डु - बाजुरामा भूकम्पका कारण एक जनाकाे मृत्यु भएको छ । भूकम्पसँगै माथिबाट खसेको ढुङ्गा लागेर बाजुराको गौमुल गाउँपालिका-२ जुरेलीमा करिब ३५ वर्षीकी जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको हाे । मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिकाको मैला…