विमानस्थल भन्सारको त्रुटि रोक्न सशस्त्र खटाइयो

काठमाण्डु - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले जानकारी दिए। “अर्थ मन्त्रीस्तरीय निर्णयबाट अनुरोध भएको र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट निर्णय भई विमानस्थलको भन्सार जाँच…