प्रधानमन्त्रीलाई गालीगलौज गरेको घटनामा गृह मन्त्रालय बोल्यो, पक्राउ परेका युवा रिहा

काठमाण्डु – सामाजिक सञ्जालमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’विरुद्ध गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका पाँचथरका युवा रिहा भएका छन् । गृह मन्त्रालयले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानका लागि नियन्त्रणमा लिइएका ती युवालाई चैत २९ गते परिवारको जिम्मा लगाइएको जानकारी दिएको हो । गत चैत २६ गते प्रहरीले ती युवालाई साइबर अपराधको अभियोगमा नियन्त्रणमा लिएको…