काठमाण्डु - चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २३ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल)मा पहिलो जित दर्ता गरेको छ । चेन्नईमा पहिले ब्याटिङ गरेको चेन्नईले २ विकेट गुमाएर २१२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको दिल्ली १८९ रनमा अलआउट भएपछि चेन्नई २३ रनले विजयी भयो । चेन्नईका लागि ओपनर सन्जु स्यामसनले शानदार शतक बनाए…