काठमाण्डु - बागमती प्रदेश सरकारले प्रदेशभित्रको सवारी साधनको भाडादर समायोजना गरेको छ । भाडा दर समायोजन गर्र्दै प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ । यो नयाँ व्यवस्था काठमाण्डुउपत्यकाभित्र सञ्चालन हुने सवारी साधनका साथै उपत्यकाबाट बागमती प्रदेशका विभिन्न स्थानमा चल्ने रुटहरूमा लागू हुनेछ। दूरीका आधारमा भाडा निर्धारण गरिएको प्रदेश सरकारले जनाएको छ ।…