रोशन पोख्रेलको गिरफ्तारीप्रति जेनजी मुभमेन्ट नेपालको आपत्ति, तत्काल रिहाइको माग

काठमाण्डु – जेनजी मुभमेन्ट नेपालले यूट्युबर रोशन पोख्रेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । संगठनले यस कदमलाई गलत र आपत्तिजनक भन्दै तत्काल रिहाइको माग गरेको छ । मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै यसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार भएको बताइएको छ ।…