काठमाण्डु – नेपाल सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय बनाएको विषयमा प्रस्टीकरण दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले नेपालको संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सूचना तथा सञ्चारको अधिकारको सम्मान गर्दै त्यसको रक्षा र निर्वाध उपयोगको वातावरण निर्माणमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।…