प्रहरी निरीक्षकबाट निर्घात कुटिए प्रहरी हवल्दार

सुर्खेत- जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले विना कारण प्रहरी हवल्दारलाई कुटपिट गरेका छन् । उनले शनिबार बिदामा रहेका हवल्दार हरि आरसीलाई कार्यालयमा बोलाई कुटपिट गरेका हुन् । जिल्ला कारागार, डोल्पामा कार्यरत सल्यान सिद्धकुमाख गाँउपालिका वडा नम्बर ३ घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ…