एमाले प्रचार विभागको उपप्रमुखमा रिजाललाई जिम्मेवारी

काठमाण्डु– नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले प्रचार विभागको उपप्रमुखको जिम्मेवारी पाएका छन् । एमाले केन्द्रीय समितिको दोस्रो बैठकले आइतबार रिजाललाई दैलेख जिल्लाको सह इन्चार्जसहित प्रचार विभागको उपप्रमुखको जिम्मेवारी दिएको हो । विभागको प्रमुखको जिम्मेवारी भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पाएका छन् । रिजाल यसअघि एमालेको विदेश विभागको उपप्रमुख समेत रहेका थिए ।