एजेन्सी - अमेरिकाको सर्वोच्च अदालतले महिलाको गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको विरोधमा हजारौँ अस्ट्रेलियालीहरू देशभर विरोध प्रदर्शनमा उत्रिएका छन् । सर्वोच्च अदालतले गत साता ऐतिहासिक १९७३ को रो भी वेड निर्णयलाई उल्ट्याउँदै गर्भपतन प्रतिबन्ध गर्ने अधिकार राज्यहरूलाई पुनर्स्थापना गरिदिएको थियो । अस्ट्रेलियाको सबैभन्दा ठुलो र्यालीमा करिब १५ हजार महिला र पुरुषले मेलबर्नमा प्रदर्शनमा उत्रिएका थिए ।…