काठमाण्डु- डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले झण्डा फहराएको विषयमा झुटा समाचार सम्प्रेषण गरेको भन्दै विरोध भइरहेको छ । भित्री मधेशस्थित सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको आंगिक त्रिवेणी बहुमुखी क्याम्पसमा सम्पूर्ण विद्यार्थीहरु मिलेर पहिलो पटक नेपालको राष्ट्रिय झण्डा फहराएका थिए । तर, सम्पूर्ण विद्यार्थीहरु मिलेर उक्त कार्य गरेपनि परशुराम एफएमका स्टेसन म्यानेजर पदम जोराले त्रिवेणी बहुमुखी क्याम्पस जोगबुढाको…